रहेनन् जनवादी गायक जेबी टुहुरे

नेपालभ्युज

रहेनन् जनवादी गायक जेबी टुहुरे

काठमाडौं । भेन्टिलेटरमा उपचाररत जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा गायक टुहुरेको उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

केही दिनअघि मतिष्कघात भएपछि टुहुरेलाई बयोधा लगिएको थियो । निवासमा हिँडाुलका क्रममा अचानक लडेपछि टुहुरेलाई अस्पताल लगिएको थियो । उनको बयोधामा भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारकै क्रममा बिहीबार ७८ वर्षको उमेरमा निधन भएको हो ।

सुनसरीको धरानमा जन्मिएर दुई दशकदेखि जनवादी गीत संगीतमा सक्रिय टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । टुहुरेले गाएको १ सय ५० भन्दा बढी जनवादी गीतमा ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई..’ लगायत गीतहरु लोकप्रिय छन् ।

नेकपा माओवादी केन्द्रमा आवद्ध टुहुरे दोस्रो संविधानसभा सदस्य समेत रहेका थिए । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखेर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved