थप २ हजार ४ सय ८२ जनामा संक्रमण

नेपालभ्युज

थप २ हजार ४ सय ८२ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १ हजार ७ सय ८१ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ९ हजार ७ सय ११ जनाको पीसीआर परीक्षण गरिएको छ। त्यसैगरी ५ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गरिएको हो। पछिल्लो २४ घण्टामा देशभर ४४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

हालसम्म १० हजार ६ सय १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल देशभर ३८ हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved