सिन्धुपाल्चोकमा बस दुर्घटना : २ को मृत्यु, ३१ जना घाइते

नेपालभ्युज

सिन्धुपाल्चोकमा बस दुर्घटना : २ को मृत्यु, ३१ जना घाइते
सांकेतिक तस्वीर

काठमाडाैं। सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।

लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको अरनिको यातायतको बा३ख ८०३० नम्बरको गाडी सुनकोसी गाउँपालिका ३ छापगाउँमा दुर्घटना भएको हो। दुई जना बसले च्यापिएर मृत्यु भएको जानकारी प्राप्त भए पनि प्रहरीले अझै त्यसलाई पुष्टि गरिसकेको छैन।

प्रहरी प्रमुख राजन अधिकारीका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेका र उद्धार जारी रहेकाले घटनाबारे यकिन विवरण आइसकेको छैन।

घाइतेहरूलाई एम्बुलेन्स र गाउँपालिका प्रमुखको गाडीमा हालेर उपचारका लागि खाडिचौरको सदाबहार अस्पताल र धुलिखेल पठाइएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved