प्रदीप नेपाल पनि खुले माधवतिरै

प्रमाण पुगे नेकपा एकीकृत समाजवादीलाई आजै प्रमाणपत्र

नेपालभ्युज

प्रदीप नेपाल पनि खुले माधवतिरै
फाइल फोटो

काठमाडाैं । नेकपा एमाले नेता प्रदीप नेपाल पनि माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत  समाजवादी पार्टीतर्फ खुलेका छन्।

दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन आयोगमा पुगेका छन्।

२ भदौमा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो। तर ओली पक्षका नेताहरूले प्रदीप नेपालले एमाले नछाडेको बताएका थिए।

यसअघि एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि नयाँ दिल्लीबाटै समाजवादी पार्टीमा खुलेको बताइसकेका छन्। उनी उपचारका क्रममा त्यहाँ छन्।

यसैबीच आजै माधव नेपाल दल सनाखतका लागि निर्वाचन आयोगमा गएका छन्।

आयोगले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले दिएको निवेदनमा प्रस्तावित केन्द्रीय समितिका पदाधिकारीको सनाखत सम्पन्न गरेलगत्तै आजै (बुधबार) दल दर्ताको प्रमाणपत्र दिने तयारी थालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved