१० महिने शिशु अपहरणपछि बेपत्ता पारी आफैं पुगे प्रहरीसमक्ष

नेपाल भ्युज

१० महिने शिशु अपहरणपछि बेपत्ता पारी आफैं पुगे प्रहरीसमक्ष

सुर्खेत। भदौ ३ गते राति १० महिनाको शिशुलाई आफैंले अपहरण गरी बेपत्ता पारेको एक व्यक्तिले बयान दिएका छन्।

जुम्लाको हिमा गाउँपालिका-३स्थित जुम्ला च्यामा गाउँका २६ वर्षीय दानबहादुर रोकायाले सोही वडाको मोफ्ला गाउँका– १९ वर्षीया भदुरी कठायतको १० महिने शिशु (छोरा खेमराज)लाई अपहरण गरी बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालयमा बयान दिएका हुन्।

प्रहरी निरीक्षक नवीन थापाले भने, ‘आफ्नो घर नजिकै रहेको पसलमा बस्दै आएकी भदुरी कहाँ यही भदौ ३ गते राति ९ साढे ३० बजे पुगेका अभियुक्त रोकायले भदुरी तिमीलाई आमाले बोलाएकी छिन् भनी झुक्याएका र उनी निस्केपछि भित्र पसेर शिशु अपहरण गरी बेपत्ता पारेका रहेछन्।’

साबिती बयानपछि अभियुक्तलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई हिरासतमा राखेर थप अनुसन्धान थालिएको बताइएको छ। निजलाई कर्णाली प्रदेश प्रहरी तथा सुर्खेत जिल्ला प्रहरी कार्यालयको समन्वयमा पक्राउ गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved