१८ सय कोरोना संक्रमित थपिए, १९ सय संक्रमणमुक्त

नेपालभ्युज

१८ सय कोरोना संक्रमित थपिए, १९ सय संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय १ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यही अवधिमा १ हजार ९ सय २४ जना संक्रमणमुक्त भएका छन्।

जसअनुसार देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ४८ जनामा पिसिआर र २ सय ५३ जनामा एन्टिजेट विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २४ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण १० हजार ५ सय ३३ जनाले मृत्युवरण गरेका मन्त्रालयले जनाएको छ। हाल नेपालमा ३८ हजार ३ सय ५१ जना सक्रिय संक्रमित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved