यसरी गर्न सकिन्छ बालबालिकामा पढ्ने बानीको विकास

नेपालभ्युज

यसरी गर्न सकिन्छ बालबालिकामा पढ्ने बानीको विकास
सांकेतिक तस्वीर।

काठमाडौं। बालबालिकाको व्यक्तित्व विकासका लागि स्वभाव र सिक्ने इच्छाले ठूलो भूमिका खेल्छ। बालबालिकाको व्यक्तित्व विकासका लागि स्कूले शिक्षाले मात्र पुग्दैन। उनीहरुलाई नैतिक शिक्षाको पनि उत्तिकै आवश्यकता हुन्छ, जुन परिवारबाट मिल्छ।

धेरैजसो अभिभावकले आफ्नो बालबालिकाले विद्यालयमा नै गएर सबै कुरा सिक्ने हो भन्ने ठान्ने गरेको पाइन्छ। आफ्नो बालबालिकालाई राम्रो शिक्षार्थीको रुपमा विकास गर्नका लागि विद्यालयमा सीमित राख्नुहुँदैन। बालबालिकाको प्राथामिक शिक्षाको स्रोत घर नै हो। त्यसैले बालबालिकाको सिक्ने प्रक्रिया घरबाट नै सुरु हुन्छ।

बालबालिकामा आधारभूत योग्यता छ भने सही प्रेरणा प्राप्त गरे राम्रो शिक्षार्थी बन्न सक्छन्। बालबालिकाको सिक्ने क्षमता बढाउन विद्यालयमा बौद्धिक र शैक्षिक वृद्धि विस्तार गर्नुपर्छ। बालबालिकालाई सिक्नको लागि प्रेरित गर्ने केही उपायहरुबारे यसप्रकार रहेका छन् :-

पढ्ने वातावरणको सिर्जना गर्ने
घरमा बालबालिकाको लागि पढ्ने वातावरणको सिर्जना गरे उनीहरुको मस्तिष्कलाई औपचारिक सञ्चारका लागि मद्दत पुग्दछ। परिवारमा पढ्ने वातावरणको सिर्जना गर्दा बालबालिकालाई पढाइमा ध्यान केन्द्रित गर्न सहज हुन्छ। त्यस्तै, बालबालिकालाई ठूलो स्वरमा पढ्न दिनुपर्छ। यसरी पढ्दा बालबालिका पढाइ केन्द्रित हुन्छन् र सहजै बुझ्न सक्छन्।

बालबालिकाले राम्रो पढ्नका लागि रमाइलो वातावरण बनाउनु पर्छ। बालबालिका निराश भए पढ्ने क्षमता कम हुन जान्छ। बालबालिकाहरु सक्रिय भएर पढुन् भन्नका लागि उनीहरुको भावनालाई बुझेर उनीहरुलाई मनपर्ने पुस्तक पढ्न दिने, पढ्न मद्दत गर्ने र पढ्न रमाइलो हुने वातावरण बनाउनुपर्छ।

खुला सञ्चारको लागि प्रोत्साहित गर्ने
बालबालिकालाई उसको दिनचर्याको बारेमा दैनिक आफ्नो धारण व्यक्त गर्न प्रोत्साहित गर्नुपर्छ। यसबाट बालबालिकाले खुला सञ्चारको अभ्यास गर्न सक्छन्। त्यस्तै, परिवारमा खुल्ला वातावरण सिर्जना गरे बालबालिकालाई आफ्नो मन पर्ने, नपर्ने वा चिन्ता व्यक्त गर्न सहज लाग्छ। जब बालबालिका आफ्नो धारणा सार्वजानिक गर्छन्, त्यसबेला उनीहरुको भावनालाई बुझ्नुपर्छ। यदि, अभिभावकले बालबालिकाले धारणामा चासो नदेखाए उनीहरुले आफ्नो कुराले कसैलाई केही फरक पर्दैन भन्ने महशुस गर्नसक्छन्। त्यसकै कारण सिक्ने प्रक्रियामा ह्रास आउन सक्छ।

बालबालिकाको रुचिमा केन्द्रित हुने
बालबालिकाकाले मात्र नभई हरेक व्यक्तिले आफ्नो रुचिको विषय सहजै सिक्न सक्छन्। त्यसैले बालबालिकालाई सिक्न प्रेरित गर्नका लागि उसको रुचिमा विशेष ध्यान दिनुपर्छ। जस्तै, बालबालिकालाई कुन विषय बढी मनपर्छ, त्यही विषय सिक्न प्रेरित गराउनुपर्छ। जसका कारण उनीहरुमा सहज रुपमा सिक्ने बानीको विकास हुन्छ।

सिक्नको लागि बालबालिकालाई उत्साही गराउने
नयाँ कुरा सिक्ने उत्साह हरेक व्यक्तिलाई हुने गर्दछ। बालबालिकामा पनि उक्त गुण हुन्छ। उनीहरुको नयाँ विषयको बारेमा जानकारी दिई सिक्न प्रेरित गर्न सकिन्छ। यसो गर्दा बालबालिकामा सिक्ने चाह छ वा छैन भनेर नियाल्नुपर्छ। यदि, बालबालिका उत्साहित नभए उत्साहित बनाउने प्रयास गर्नुपर्छ।

खेल आधारित शिक्षाको माध्यमबाट सिकाउने
खेल आधारित शिक्षा धेरै बालबालिकाको लागि लाभदायक हुन सक्छ। शिक्षा उपकरणको रूपमा खेलको उपयोग गर्नाले गहिरो शिक्षा र गैरसंज्ञानात्मक कौशलको विकासको लागी अवसर प्रदान गर्दछ। यसले बालबालिकालाई सिक्न प्रेरित गर्दछ। जब बालबालिका सक्रिय रूपमा एक खेलसँग संलग्न हुन्छ, उसको दिमाग नयाँ विषय सिक्नुको खुशी अनुभव गर्न सक्छ।

खेल आधारित शिक्षा पनि टिम आधारित शिक्षाको लागि एक प्रभावकारी प्रेरणा हो। सामान्यतया विद्यार्थीहरु खेलभन्दा पाठ्यक्रममा कडा मेहनत गर्छन्। खेलको आकर्षक र प्रतिस्पर्धी पक्ष पनि छ भने जित्नको लागी टिमको तर्फबाट कोशिश गरिरहेका हुन्छन्। उनीहरु आफ्नो टिमका लागि अधिक अंक प्राप्त गर्ने प्रयासमा एक उच्च स्तरमा प्रदर्शन गर्ने प्रयास गर्छन्। किनभने उनीहरु खेल्नको लागि अवसर चाहन्छन्। खेल आधारित शिक्षा अभिभावक र शिक्षकको लागि एक नयाँ विचार, अवधारणा र ज्ञानको परिचय हो भने बालबालिकाले नयाँ कुरा सिक्ने एक उपयोगी तरिका हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved