समर्थक नै खेलाडी कुट्न मैदान छिरेपछि खेल रद्द, तीन जना घाइते

नेपालभ्युज

समर्थक नै खेलाडी कुट्न मैदान छिरेपछि खेल रद्द, तीन जना घाइते

काठमाडाैं । समर्थकहरू खेलाडी कुट्न मैदान छिरेपछि फ्रेन्च लिग वानमा गएराति भएको निस र मार्सेलीको खेल रद्द गरिएको छ।

घरेलु टोली निसका समर्थक विपक्षी खेलाडी कुट्न मैदान प्रवेश गरेका थिए।

खेलको ७४ औं मिनेटमा निसका समर्थकले मार्सेका डिमीट्री पाएटलाई बोतलले हानेका थिए। बोतल लागेपछि मैदानमा ढलेका उनले उठेर उक्त बोतल समर्थकतर्फ नै फ्याँकेका थिए। त्यसपछि निसका समर्थक उनीमाथि जाइलाग्न मैदान पस्न थाले। लगत्तै मार्सेका अन्य खेलाडी पनि पाएटकै पछि लागे।

निसका खेलाडी मार्सेका खेलाडीलाई रोक्ने प्रयासमा थिए। केही समर्थक मैदान पसेर विपक्षी खेलाडीमाथि हातपातमा उत्रिएका थिए। अचानक अवस्था तनावग्रस्त बनेपछि मैदानका उपस्थित सुरक्षा टोलीलाई भीड रोक्न हम्मेहम्मे परेको थियो। समर्थकको भीड र आक्रमणले मार्सेका तीन जना खेलाडी सामान्य घाइते भएका छन्।

खेलमा निसले १-० को अग्रता बनाएको थियो। रेफ्री बेनोइत बास्तिएनले केही समय खेल रोक्दै दुवै टोलीलाई भित्र लगे पनि खेल हुन सकेन। त्यसपछि रेफ्रीले खेल रद्द गर्न आवश्यक ठानें। आयोजकले भने खेल हुनुपर्ने अडान राखेको थियो।

मैदानमा मार्सेका खेलाडी नै उपस्थित नभएपछि लिगको नियमावली अनुसार खेल ३(० ले निसको पक्षमा जित दिइएको छ। तर मार्सेलीले आफूहरूलाई अन्याय परेको भन्दै यसबारे अपील गर्ने बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved