कोरोना अपडेट : १९ सय २० संक्रमित थपिँदा, २२ सय बढी संक्रमणमुक्त

नेपालभ्युज

कोरोना अपडेट : १९ सय २० संक्रमित थपिँदा, २२ सय बढी संक्रमणमुक्त

काठमाडा‍ैं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ५ सय १६ जनामा परीक्षण गरिएको थियो।

त्यस्तै यही अवधिमा २ हजार २ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

जसअनुसार देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ४ सय ४३ जनामा पिसिआर र ३ हजार ७३ जनामा एन्टिजेट विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २४ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण १० हजार ५ सय ९ जनाले मृत्युवरण गरेका मन्त्रालयले जनाएको छ। हाल नेपालमा ३८ हजार ७ सय ५१ जना सक्रिय संक्रमित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved