‘सरकारको इच्छाशक्ति भए बेरुजु र अनियमितता गर्नेलाई कारबाही गर्न सकिन्छ’

नेपालभ्युज

‘सरकारको इच्छाशक्ति भए बेरुजु र अनियमितता गर्नेलाई कारबाही गर्न सकिन्छ’
फाइल तस्वीर

काठमाडाैं। आर्थिक वर्ष २०७६/०७७ मा देखिएको बेरुजु र अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन कांग्रेस नेता शेखर कोइरालाले माग गरेका छन्।

शुक्रबार महालेखा परीक्षकको कार्यालयले बुझाएको प्रतिवेदनमा ०७६/७७ मा ४ खर्ब बेरुजु औँल्याइएको छ।

‘महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएको छ। बेरुजु र अनियमितताको अंक बढ्दो छ’, नेता कोइरालाले फेसबुकमा लेखेका छन्, ‘वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमितालाई कारबाही गर्नेतर्फ पाइला चाल्नु जरुरी छ। सरकारको इच्छाशक्ति भए यी दुवै काम गर्न सकिन्छ।’

महालेखाले ०७६/७७ को लेखापरीक्षण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार बुझाएको थियो। कार्यालयले तयार गरेको ५८ औं वार्षिक प्रतिवेदन चैतमै बुझाउनुपर्ने भए पनि गत शुक्रबार मात्र महालेखाले राष्ट्रपतिसमक्ष बुझाएको थियो।

आव २०७६/७७ सम्ममा देशको कुल बेरुजु पौने सात खर्ब पुगेको प्रतिवेदनमा उल्लेख छ। लेखापरीक्षण प्रतिवेदन अनुसार कारबाही गरी टुंगो लगाउनुपर्ने अद्यावधिक बेरुजु आव २०७६/७७ सम्ममा ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। २०७५/७६ मा ६ खर्ब ६४ अर्ब ४४ करोड रहेको बेरुजु अंक एक वर्षपछि १ दशमलव ८१ प्रतिशतले बढेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved