रोग प्रतिरोधात्मक क्षमता बढाउने यी ६ खानेकुरा, जुन भान्सामा अनिवार्य

नेपालभ्युज

रोग प्रतिरोधात्मक क्षमता बढाउने यी ६ खानेकुरा, जुन भान्सामा अनिवार्य

काठमाडौं।  विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणबाट बँच्न स्वास्थ्यका मापदण्ड पालन गर्ने, पूर्ण खोप लगाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका खानेकुरा शरीरलाई आवश्यक छ। रोगसँग लड्ने क्षमता कमजोर भए जुनसुकै रोगले पनि छिट्टै आक्रमण गर्छ। हाम्रो दैनिक भान्सामा रोगसँग लड्ने क्षमता भएका खानेकुराहरू समावेश गर्न सके कोरोनाबाट जोगिन सकिन्छ।

यस्ता छन् रोग प्रतिरोधात्मक क्षमता बढाउने ६ किसिमका खानेकुरा

एन्टिआक्सिडेन्टयुक्त खानेकुरा

मरिच, प्याज, लसुन, अदुुवा र गाँजरजस्ता खानेकुरामा एन्टिआक्सिडेन्ट पाइने गर्छ। यसमा भिटामिन बी, ई, सी र भी पाइने गर्छ। यी खानेकुराहरू हामीले दैनिक खानामा समावेश गर्न सकियो भने प्रतिरोधात्मक क्षमता बढ्नुका साथै कुनै पनि रोगले सजिलै आक्रमण गर्न सक्दैन।

भिटामिन सी युक्त खानेकुरा

भिटामिन ‘सी’युक्त खानेकुराहरूले हाम्रो प्रतिरोधात्मक क्षमता बढाउनमा अहम् भूमिका खेलेको हुन्छ। भिटामिन सीयुक्त खानेकुरा भन्नाले अम्बा, सुन्तला, कागती र अमिला फलहरू हुन्। अमिला फलहरू हामीले सजिलैसँग पाउन सक्छौं। दैनिक अमिला फलहरू खानेगरे हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि हुने गर्छ।

बेसार

परापूर्वकालमा औषधिका रुपमा बेसारको अत्यधिक प्रयोग गरिएको पाइन्छ। परापूर्वकालमा मात्र नभएर अहिले पनि हामी सानो घाउचोट लाग्ने बित्तिकै काटिएको ठाउँमा बेसार लगाउने गर्छाैं। त्यस्तै यो कोरोना माहाकारीको समयमा पनि धेरैले बेसार पानी खाएरै कोरोना निको भएको हो भन्ने जस्ता तर्क राख्ने गरेको पाइन्छ।

एक गिलास पानीमा, बेसार, दालचिनी, ल्वाङ, सुक्मेल र केसर मिसाएर हामीले दैनिक चियाको रुपमा पनि खान सक्छौं। त्यस्तै दूधमा बेसार मिसाएर पनि खान सक्छौं। यसरी बेसारलाई विभिन्न तरिकाले खान सकिन्छ। बेसार स्वास्थ्यका लागि ‘रामवाण’ नै मानिन्छ।

नरिवलको तेल

खाना बनाउनका लागि प्रयोग गरिने तेलहरूको सट्टामा नरिवलको तेलको प्रयोग गर्ने गर्नुपर्छ। नरिवलको तेलको सेवनले शरीरलाई फाइदा मात्रै पुग्दैन यसले शरीरलाई विभिन्न रोगसँग लड्न पनि मजबुत बनाउँछ।

ब्रोकाउली

ब्रोकाउलीलाई सलाद, तरकारी र सुपको रुपमा प्रयोग गर्न सकिन्छ। यसमा भिटामिन, एन्टिअक्सिडेन्ट जस्ता गुणहरू पाइने भएकाले यसले शरीरलाई मजबुत बनाउँछ।

पालक

पालकमा आइरन, भिटामिन र फाइबर पाइन्छ। यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि बिकास गर्छ। पालकलाई तरकारी, सुप, सलाद र जुसको रुपमा खान सकिन्छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved