कोरोना अपडेट : तीन हजारभन्दा बढी संक्रमित थपिए, २६ जनाको मृत्यु

नेपालभ्युज

कोरोना अपडेट : तीन हजारभन्दा बढी संक्रमित थपिए, २६ जनाको मृत्यु

काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यही अवधिमा २ हजार २४४ जना संक्रमणमुक्त भएका छन्।

जसअनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ५ सय ३० जनामा पिसिआर र ७ हजार १ सय २४ जनामा एन्टिजेट विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै काठमाडौं उपत्यकामा ८ सय ९८ जनालाई संक्रमण देखिएको छ। जसमा काठमाडौंमा ६ सय ४, भक्तपुरमा १ सय ७ र ललितपुरमा १ सय ८७ जना छन्।

पछिल्लो २४ घण्टामा २६ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण १० हजार ४ सय ५५ जनाले मृत्युवरण गरेका मन्त्रालयले जनाएको छ। हाल नेपालमा ४० हजार ३ सय ९ जना सक्रिय संक्रमित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved