कोरोना अपडेट : ३ हजार ७५ संक्रमित थपिँदा ३३ जनाको मृत्यु

नेपालभ्युज

कोरोना अपडेट : ३ हजार ७५ संक्रमित थपिँदा ३३ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ४३८ जनाको पिसिआर र एन्टीजेन परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको मन्त्रालयले जनाएको छ। आज देशभर दुई हजार १२६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। देशभर ४० हजार ५०० सक्रिय संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तीमध्ये ३७ हजार ११४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३८६ भने ७३९ जना आइसियूमा र १६८ जना भेन्टिलेटरमा उपचाररत छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved