अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने चीनको चाहना

नेपालभ्युज

अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने चीनको चाहना

चीनले अफगानिस्तानमा विकसिक परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ।

हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने चिनियाँ विदेशमन्त्रीले बुधबार बताएका हुन्। चिनियाँ विदेशमन्त्री वाब यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रूपमा अहिलेको संक्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्ने बताएका हुन्।

बुधबार साँझ विदेशमन्त्री वाब यी र पाकिस्तानी विदेशमन्त्री साहमोहमद कुरेसीबीच फोनवार्ता भएको थियो। त्यस फोनवार्ताका क्रममा विदेशमन्त्री वाब यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको सङ्क्रमणकालीन व्यवस्थापनका लागि चीनले पाकिस्तनसँग सम्पर्क र समन्वय गरेर अघि बढ्ने छ भनेका हुन्।

अफगानिस्तानलाई आतङ्कवादका विरुद्धमा चीनले सहयोग गर्ने उनले धारणा राखेका थिए।

चीनले अब अफगानिस्तानलाई आतङ्कवादबाट बचाउन सहयोग गर्ने र अब अफगानिस्तान पनि आतङ्कवादी जम्मा हुने स्थान बन्न नहुने फोन वार्ताका क्रममा विदेशमन्त्री वाब यीले भनेका थिए। गएको आइतबार काबुललाई तालिबानीले कब्जामा लिएका छन्।

उनीहरूले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन्। काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूले गस्ती गरिरहेका देखिएको छ भने आफ्नादेश फर्किन चाहने विदेशीले गर्दा त्यहाँको विमानस्थलको अवस्था अस्तव्यस्त भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved