दमकका तीन साहित्यकार ‘भारतीय अवार्ड’ बाट सम्मानित

नेपालभ्युज

दमकका तीन साहित्यकार ‘भारतीय अवार्ड’ बाट सम्मानित

काठमाडाैं। दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत भएका छन्। अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाई र विष्णुप्रसाद भट्टराई यस अवार्डबाट पुरस्कृत भएका हुन्।

विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुर्‍याएबापत श्रष्टहरूलाई भारतको ७५ औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ। दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारहरूको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्त रूपमा सो अवार्ड प्रदान गरेको हो।

अवार्ड पाउने छ अङ्ग्रेजी साहित्यकार नेपालीमा कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आले छन्। अवार्ड बर्सेनि भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा विष्णु पाण्डेयले वितरण गरिरहेका छन्।

पितृको स्मृतिमा विद्यालयमा अक्षयकोष

कमल गाउँपालिका-७ विष्णुकठ्ठास्थित सिंहदेवी आधारभूत विद्यालयमा स्थानीय एक परिवारले आफ्ना पिृतको स्मृतिमा एक लाख ५० हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। स्थानीय शान्ता केरुङ लिम्बूकी आमा स्व गौमाया लिम्बू र बहिनी स्व हेमकुमारी लिम्बूको स्मृतिमा उनका परिवारजनले विद्यालयमा उक्त कोष स्थापना गरेका हुन्।

विद्यालयमा आज संक्षिप्त कार्यक्रम गरी दाता परिवारले उक्त कोषको रकम दाता परिवारकी छोरी अमृता केरुङले विद्यालयकी प्रधानाध्यापक इन्दिरादेवी खनाललाई हस्तान्तरण गरिन्। विद्यालयमा हालसम्म विभिन्न व्यक्तिबाट गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित आठ वटा अक्षयकोष स्थापना भएको विद्यालयका प्रधानाध्यापक खनालले बताए।

२०३० सालमा स्थापना भएको उक्त विद्यालयले यस वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै विषयमा कक्षा ६ सम्मको पठनपाठन गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved