सर्जियो अगुइरोले भने, ‘म १० नम्बर जर्सी लगाउँदिनँ’

नेपालभ्युज

सर्जियो अगुइरोले भने, ‘म १० नम्बर जर्सी लगाउँदिनँ’

काठमाडाैं । अर्जेन्टिनी फरवार्ड कप्तान लियोनल मेस्सी बार्सिलोना छाडेर पिएसजी गएपछि उनले लगाउँदै आएको जर्सी नम्बर १० अब कसले पाउला भन्ने प्रश्न उब्जिएका छन्। भलै यस विषयमा ला लिगा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

ला लिगामा यो वर्षका सिजनका खेलहरू शुरु भइसकेका छन्। यसै साता लिगका दोस्रो चरणका खेलहरू सुरु हुनेछन्। तर यसबीचमा केही खेलाडीहरूले बार्सिलोनाको १० नम्बर जर्सी लगाउने विषयले निकै चर्चा पाएको छ। अर्जेन्टिनाकै अर्का फरवार्ड सर्जियो अगुइरोले यसबारे आफ्नो धारणा राखेका छन्।

अब बार्सिलोनामा कसैलै पनि मेस्सीधारी जर्सी नम्बर १० लगाउन नचाहने उनले बताएका छन्। स्पेनी खेलपत्रिका मार्काले उल्लेख गरेअनुसार उनले भनेका छन्, ‘मैले बार्सिलोनामा १९ नम्बर जर्सी निधो गरिसकें।’ साथै अब १० नम्बर जर्सी लगाउन कसैले बहादुरी नदेखाउने पनि उनले बताएा छन्।

बार्सिलोनाकै स्पेनी डिफेन्डर जेरार्ड पिकेल आफूलाई १० नम्बर जर्सी लगाउन आग्रह गरेका र यो असम्भव भएको अगुइरोले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved