भदौ १६ गतेदेखि पार्टीको महाधिवेशन गर्ने निर्णयलाई कांग्रेसले त्यसलाई तीन महिना पर धकल्ने निर्णय गरेको छ। निर्वाचन आयोगको कानुन र पार्टी विधानअनुुसार आउँदो भदौ २३ गतेभित्र पार्टीको १४ औ महाधिवेशन गर्ने तय भएको थियो।
तर कांग्रेसले त्यसलाई नाघेर मंसिर ९ देखि १३ सम्म १४ औ महाधिवेशन गर्ने निर्णय गरेको छ। धेरेलै गैरसंवैधानिक भने पनि कांग्रेसले निर्वाचन आयोगसँग नै सल्लाह गरेर नयाँ मिति तय गरेको बताइएको छ।
कांग्रेसले घोषणा गरेको मितिमा वडा तहको अधिवेशन नभएपछि नै धेरैले भदौको महाधिवेशन कार्यतालिका प्रभावित हुुने बताएका थिए।
क्रियाशील सदस्यताको विवादलाई देखाएर कांग्रेसले गत ६ साउनमा तय गरेको वडा अधिवेशन स्थगित गरेको थियो। ३० साउनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले मंसिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको थियो।
महाधिवेशन कार्यतालिकाबारे पार्टीभित्र विवाद देखिए पनि निर्णय भने सर्वसम्मत भएको छ । यद्यपि महाधिवेशनलाई लिएर अझै पनि आशंकाहरू भने व्याप्त छन्।
यस्तो छ नेपाली कांग्रेस १४ औं महाधिवेशनको नयाँ कार्यतालिका :
गाउँ/नगर वडा अधिवेशन– २०७८ भाद्र १८ गते
गाउँ/नगरपालिका अधिवेशन– २०७८ भाद्र २७ गते
प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७८ असोज १ गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ असोज ५ गते
एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ असोज १० गते
प्रदेश अधिवेशन– २०७८ कात्र्तिक १०, ११ र १२ गते
केन्द्रीय महाधिवेशन – २०७८ मंसिर ९, १०, ११, १२ र १३ गते, काठमाडौं