हाम्रो बारे

नेपालभ्यूज मूलधारको नेपाली पत्रकारिताको अभ्यास गर्न सञ्चालन भएको समाचार/विचारमूलक न्युज वेबसाइट हो । ‘डिजिटल हाउस नेपाल प्राइभेट लिमिटेड’ले २०७८ भाद्र १६ गते यसलाई सञ्चालनमा ल्याएको छ ।
नेपालको मिडिया क्षेत्र नयाँ चरणमा प्रवेश गरेको छ । छापा पत्रकारितालाई डिजिटल मिडिया (न्यू मिडिया) ले विस्थापन गर्दै मूलधारको अभ्यास अघि बढिसकेको छ। आम पाठक/श्रोताको रुचि र आकर्षण पनि न्यू मिडियातिरै बढेको पाइन्छ । यद्यपि पत्रकारिताको आधारभुत धर्म र व्यावसायिकताको कसीमा खरो उत्रनसक्ने न्यूज वेबपोर्टलहरू औलामै गन्न सकिने संख्यामा छन् । यो पृष्ठभूमिमा हामी व्यावसायिक पत्रकारितामा समर्पित भएर यो दौडमा सामेल भएका छौं ।

हामीसँग छापा र विद्युतीय पत्रकारितामा अनुभव बोकेका सहकर्मी छन् । न्यू मिडियामा केही पृथक गरौं भन्ने चाह भएका नवोदितहरू पनि छन्। बदलिँदो मिडियाका पदचाप पछ्याउने अठोट छ, हामीसँग। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान मुलभूत मान्यतामा उभिएर हामी समावेशी र सहभागीतामूलक लोकतन्त्रको वकालत गर्नेछौं। प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा अडिग भएर उभिनेछौँ । अनि सामाजिक उत्तरदायित्व बहन गर्दै सबै तह र तप्काका मानिसको आवाज मुखरित गर्ने हाम्रो मुख्य लक्ष्य हुनेछ। जवाफदेही र विश्वसनीय पत्रकारिता हाम्रो ध्येय हो।

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved